जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंको सिडिओमा गोविन्द रिजाल

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडाैं  । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।

गृह मन्त्रालयको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । 

यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा भएका छन् ।

काठमाडौंको सिडिओको जिम्मेवारी पाएका रिजाल बिहीबार हाजिर हुने तयारी छ ।

दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट,  कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । 


कस्तो लाग्यो ?

यो पनि