बैशाख ०७, २०८१, शुक्रबार
               

एमसीसी विरुद्ध नेकपाद्वारा देशव्यापी संघर्षको घोषणा

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

विप्लव नेतृवको नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । 

भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । 

यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ ।

एमसीसीविरुद्ध साताव्यापी सङ्घर्षका कार्यक्रम अन्तर्गत २३ गते (बुधबार) देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र २८ गते विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा गर्ने रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि