बैशाख ३१, २०८१, सोमबार
               

डोल्पाका ४१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

डोल्पामा एमाले छोडेर ४१ जनाले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् । 

कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् । एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठूलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन् ।

ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ८ वटा वडाध्यक्ष, ४ जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य, महिला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरी जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईले  जानकारी दिए । 

जनप्रतिनिधि र कार्यकर्ताहरू हस्ताक्षरका लागि नाराजुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए । नेकपा एमालेको नेतृत्वले धोका दिएकोले सामाजवादी रोज्नु परेको ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलिभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका ३ जना, मुड्केचुला गाउँपालिकाका १ जना र त्रिपूरासुन्दरी नगरपालिकाका १ जना रहेकको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बडिरहेकाले निर्वाचन आयोगको समयसीमा २२ गतेसम्म जनप्रतिनिधिहरू थप हुनेमा विश्वस्त रहेको मन्त्री बुढाको दाबी छ ।  अहिले पनि जिल्लामा ठूलो पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्दै कार्यालय स्थापनासँगै संगठन बिस्तार तीब्र रूपमा अघि बड्ने मन्त्री बुढाले बताए ।

मौसममा बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलीकप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन् । नेकपा एमाले डोल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंश बहादुर शाही र डोल्पाली राजनीतिमा चर्चित धनबहादुर बुढासमेत एकीकृत पार्टीमा रहेकोले समाजबादीनै ठूलो पार्टी रहेको नेता कार्यकर्ताको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि