जेठ ०४, २०८१, शुक्रबार
               

'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?'

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् ।

माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् ।

उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए । 'सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो ? कि गठबन्धनको मतियार हो ? कि एमालेविरुद्ध काम गर्ने मोहरा हो ? के हो तपाईं ?', ओलीले प्रश्न गरे । प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको र त्यही भएर सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।

ओलीले फेरि प्रश्न गरे, 'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?' उनले पुनर्स्थापनापछि संसद सुरु हुँदा यो अधिनायकको पराजय हो भनेर सभामुखबाट राजनीतिक लान्छना लगाएको भन्दै असन्तुष्टि जनाए । 'कुनै मूल्य, नैतिकता छैन । कस्तो मान्छे सभामुख भएछ ? यत्रो व्यवस्था लडिएर ल्याएछ । हेर्नुस् त कस्ताकस्ता मान्छे छन् टुप्पोमा ? यो परिस्थितिमा परिवर्तन ल्याउन युवाले भूमिका खेल्नुपर्छ', उनले भने ।


कस्तो लाग्यो ?

यो पनि