जेठ ०१, २०८१, मंगलबार
               

एकीकृत समाजवादी बन्यो सुदूरपश्चिमको सबैभन्दा ठूलो दल

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ । सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र  छन् ।

प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ ।

यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षको भनेर चिनिएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । 


कस्तो लाग्यो ?

यो पनि