जेठ ०४, २०८१, शुक्रबार
               

ताप्लेजुङमा ९ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पार्टी

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा ९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २ का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा रहेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि