जेठ ०४, २०८१, शुक्रबार
               

एमाले छाडेर ‘एकीकृत समाजवादी’ मा नजान ईश्वर पोखरेलको आग्रह

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।

यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

उक्त पार्टी गठन भएलगत्तै विभिन्न जिल्लाका एमाले नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि