बैशाख २४, २०८१, सोमबार
               

कुलमानविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले रिटको सुनुवाइ आफ्नै इजलासमा गर्ने भएका छन् ।

प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघि कुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात मगाएको थियो ।

साउन २२ गते आफूलाई गैरकानुनी रूपमा हटाएको जिकिर गर्दै हितेन्द्रले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

विद्युत् प्राधिकरणबाट हितेन्द्रको बहिर्गमन उनकै चाहनाअनुसार सम्मानजनक रूपमा भएको थियो । तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रले सरकारले आफूलाई दिने जुनसुकै जिम्मेवारी स्वीकार गर्ने बताएका थिए । जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद उनकै चाहनाबमोजिम सिर्जना गरिएको थियो । हितेन्द्रलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक सरहको सेवा सुविधा पनि उपलब्ध गराइएको थियो । तर एक सातामै राजनीतिक दबाबमा परेर हितेन्द्रले सर्वोच्चमा वारेसमार्फत रिट दायर गरेका थिए । 

हितेन्द्रको व्यवस्थापनसँगै साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै कुलमानले पदबहाली गरेका थिए ।

३५ अर्ब घाटाबाट वार्षिक १२ अर्ब मुनाफा गरेर कुलमानले आफ्नो पहिलो कार्यकालमा प्रशंसनीय सफलता दिलाएका थिए । विद्युत् प्राधिकरण नेपालकै सर्वाधिक नाफा गर्ने सरकारी संस्थान बनेको थियो । उनले विद्युत् चुहावट २६ बाट १५ प्रतिशतमा झारेका थिए ।

हितेन्द्रको एक वर्षे कार्यकालमा प्राधिकरणको अपेक्षित नाफा दुई तिहाइले घटेको थियो । विद्युत् चुहावट बढेको थियो ।

यो पनि