जेठ ०४, २०८१, शुक्रबार
               

भदौ २३ गतेको लागि बोलाइयो सङ्घीय संसद्को बैठक

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि