जेठ ०४, २०८१, शुक्रबार
               

एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीलाई रोजेको घोषणा गरेका हुन् । एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि