बैशाख २९, २०८१, शनिबार
               

बागमती प्रदेशसभा सदस्य ज्ञवालीले एकीकृत समाजवादी रोजिन्

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

वाग्मती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले विभाजन भएपछि नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । नेता ज्ञवालीले हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर शुक्रबार नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । 

शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी उनी नेकपा समाजवादीमा पक्षमा केही ढिला गरी मात्र खुलेकी हुन् । यसअघि एमाले छाडेर १२ जना प्रदेशसभा सदस्यहरुले नेकपा समाजवादी रोजेका थिए । 

बागमती प्रदेशमा एमालेको ५६ जना सांसदसहित एकल बहुमत रहेको भए पनि पार्टी औपचारिक रुपमा विभाजनसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । प्रदेशसभामा १०९ जना सांसद रहेकोमा सरकार गठनका लागि ५५ सिट आवश्यक पर्छ ।

यो पनि