जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् हेरफेर

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीहरुको हेरफेर भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्  हेरफेर र कार्य विभाजन भएको हो । 

जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ ।

यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । 

यस्तै. शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । शाहीले  नवलपरासीबाट सूर्य चिन्ह लिएर निर्वाचन लडेपनि हाल स्वतन्त्र सांसदका  रुपमा रहेका छन् । 


 


कस्तो लाग्यो ?

यो पनि