जेठ ०४, २०८१, शुक्रबार
               

सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

राजविराज । सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन् । 

निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना झा, तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डलसहित ४० जनप्रतिनिधिले लाेसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी समेशकुमार जोशीले जानकारी दिए ।

सप्तरीमा १८ स्थानीय तहमध्ये पूर्वराजपाबाट पाँचवटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि छन् । पाँच स्थानीय तहमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेका थिए । अन्य सात स्थानीय तहमा एमाले र कांग्रेसले जितेका थिए । 


कस्तो लाग्यो ?

यो पनि