बैशाख २३, २०८१, आइतबार
               

एमाले प्रदेश-२ का ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

प्रदेश-२ मा नेकपा एमालेका ११ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । आज बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश सभामा एमालेका २१ सदस्य थिए । ११ जना एकीकृत समाजवादीको पक्षमा खुलेपछि एमालेमा जम्मा १० सदस्यमात्रै बाँकी भएका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश-२ सरकारमा सहभागी हुने संकेत दिइसकेको छ ।  


कस्तो लाग्यो ?

यो पनि