बैशाख २३, २०८१, आइतबार
               

पार्टीको नाममा देशभरि रहेको सम्पत्ति खोज्दै माओवादी केन्द्र

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्र देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलनमा लागेको छ । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति खोजबिन थालेको हो । 

माओवादी पार्टी कार्यालय स्रोतकाअनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका सम्पत्तिको लगत संकलन गर्न थालिएको हो । जसअनुसार प्रदेश, जिल्ला र स्थानीय तहसम्मका चलअचल सम्पत्तिको अभिलेख राखिनेछ । जसमा घर घडेरी र जग्गा सबैको लगत संकलन हुने बताइएको छ । 

स्रोतका अनुसार माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पार्टी मातहतका इन्चार्ज, अध्यक्ष र सचिवलाई पत्र पठाएर १५ दिनभित्र केन्द्रीय कार्यालयमा विवरण अध्यावधिक गर्न सर्कुलर छन् ।


कस्तो लाग्यो ?

यो पनि