बैशाख २३, २०८१, आइतबार
               

बहुमत गुमेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य दोधारमा

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टी विभाजनसँगै अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अलमलमा परेकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी उनले मन्त्रिपरिषद विस्तार गर्न सकेकी त छैनन् नै, यसबीचमै एक मन्त्रीले राजीनामा दिएपछि थप समस्या झेल्नु परिरहेको छ ।

मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री रहेका कृष्ण खनाल शर्माले राजीनामा दिएका हुन् । उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । उनको राजीनामासँगै प्रदेश सरकार दुई सदस्यीयमा सीमित भएको छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हालेका छन् भने अन्य सबै मन्त्रालय मुख्यमन्त्री शाक्य मातहत नै छ ।

नेकपा एमालेका १२ जना सांसद्ले साथ छोडिसकेपछि भने मुख्यमन्त्री शाक्य मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने भन्ने दोधारमा छिन् । तर, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पाण्डे पार्टी नेतृत्वसँग छलफल गरेर केही दिनभित्रै सरकार विस्तार हुने बताउँछन् ।

 


कस्तो लाग्यो ?

यो पनि