बैशाख २८, २०८१, शुक्रबार
               

बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । 

मंगलबार उनले औपचारिक रुपमा खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । उनले भने,'मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।'

विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि