बैशाख २९, २०८१, शनिबार
               

कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी गठन

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

कास्की । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी गठन गरेकोमा हिजो (मंगलबार) दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो ।

जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १४१ सदस्सीय महानगर कमिटी गठन गरिएको पार्टीका युवानेता पूर्ण लामाले जानकारी दिए । जिल्ला कमिटीको सचिवमा होम नेपाली चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जङ्गली, शारदाप्रसाद सुवेदी र श्रीनाथ बरालको उपस्थितिमा कमिटी घोषणा गरिएको थियो । पार्टी केन्द्रीय सदस्य गुरुङले सिद्धान्तको कार्यान्वयन र वैचारिकरूपमै मतभेद भएका कारण एमालेबाट विद्रोह गर्नुपरेको बताए ।

उनले भने, ‘एमालेमा पदका लागि विद्रोह गरिएको होइन, कम्युनिष्ट मूल्य, मान्यताभन्दा बलमिच्याइँले अगाडि बढ्ने काम भएको र त्यागी, इमान्दार कार्यकर्ताको संरक्षण नहुने अवस्था आएकाले कम्युनिष्ट आन्दोलन सही ढङ्गले हाँक्न र जनताको सेवा गर्नका लागि विद्रोह गर्यौँ ।’

जिल्ला अध्यक्ष आचार्यले यही भदौ १८ देखि २१ गतेभित्र जिल्लाका सबै स्थानीय तह र वडामा पार्टी कमिटी गठन गरिने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि