जेठ ०६, २०८१, आइतबार
               

माधव नेपालसँग लागेर पार्टी विभाजन नगरौँ : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् ।

महासचिव पोखरेलले मंगलबार एमाले निकट नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला  र युवा संघ नेपालको काठमाडौं महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गरे ।

उनले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर  आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि