बैशाख २८, २०८१, शुक्रबार
               

सुदूरपश्चिम एमालेका १० प्रदेश सांसदले समाजवादी रोजे

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसदहरु सम्पर्कविहीन भएको बताइएको छ ।सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।   

तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । 


कस्तो लाग्यो ?

यो पनि