जेठ ०५, २०८१, शनिबार
               

एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् ।

एमालेको १० औं महाधिवेशन आगामी मंसिर  १० देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए । 'मलाई अध्यक्ष पद डिजर्भ गर्छ,' उनले भने । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।

अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी गरेको छैन । ओलीले फेरि एकपटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गरेका छन् । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन् । न्युज कारखानाबाट । 


कस्तो लाग्यो ?

यो पनि