जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीलाई सिसडोलको बाटो बनाइदिन मेयर शाक्यकाे पत्र

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।

नेपाल सरकारले नुवाकोटको सिसडाेल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाइदिन प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । 

मेयर शाक्यले पत्रमा  ‘नेपाल सरकारबाट काठमाडौं उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ ।’ लेखेका छन् ।

अहिले काठमाडौं महानगरपालिकाबाहेक २० भन्दा बढी पालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट हुँदै आएको छ ।  


कस्तो लाग्यो ?

यो पनि