जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनीको वास्तविकता

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

नेपाली सनातनी चाडपर्वलाई पछिल्लोपटक कुरीतिका रूपमा अर्थ्याउँदै सामाजिक सञ्जाल र मिडियामा अभियान चलाउने प्रवृत्ति बढेको छ । भगवान् श्रीकृष्ण स्त्री लम्पट, शिव बेढङ्गी मदहोश पात्र र श्रीराम पत्नीद्वेषी हुन् भन्ने अर्थ लाग्नेगरी प्रचार नै चलाइन थालेका छन् । कतिपयले रमाइलोका लागि भन्ने गर्दछन् भने कतिपयले तिनीहरूसँग सम्बन्धित दिवस र पर्वहरूमा यस्ता प्रचार नै चलाइन थालेका छन् । 

कृष्ण जन्माष्टमी आसपास सामाजिक सञ्जालमा यस्तै बहस खुब चल्ने गर्छ । हाम्रो समाजले कृष्णलाई सम्झने भनेकै दही चोर्ने, बाँसुरी बजाउने, प्रेममा चुर्लुम्म हुने हो । बाँसुरी बजाएरै वरिपरि १६ सय गोपिनी लिएर बस्ने, स्त्रीप्रति सधैँ मजाक उडाउने, स्त्री लम्पट, तथा एक गोठाला मात्रै हुन् भन्ने रुपमा धेरैले व्याख्या गर्दै आएका छन् ।

बाल्यकालमा गोपिनीका लुगा लुकाएको कथाको एउटा पाटो पस्केर उनको स्त्री लम्पट चरित्रको चित्रण गरेको पाइन्छ । मानौँ, कृष्ण खोजीखोजी आइमाईका लुगा लुकाएर गुप्ताङ्ग हेर्ने यौन कुण्ठित पात्र हुन् ।

पौराणिक आख्यानका अनुसार जति बेला धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब संसारको उत्थानका लागि भगवान् विष्णु धर्तीमा अवतरित हुन्छन् । यसै क्रममा थुप्रै पटक श्री विष्णुका अनेकौँ अवतारको कथा पढ्न पाइन्छ । यिनैमध्ये दुई अवतार यस्ता छन् जसले धर्मको स्थापना र बिस्तार गरे ।

उक्त अवतार थियो त्रेता युगमा भगवान् राम र द्वापर युगमा भगवान् कृष्ण । यीमध्ये भगवान् रामले जीवनमा आदर्शको महत्त्व प्रमुखताका साथ स्थापित गरे भने कृष्णले एक साधारण व्यक्तिको क्षमता, आकाङ्क्षा र परिस्थितिका अनुसार सटिक निर्णय लिने कुरालाई आफ्नो जीवनचक्रमा स्थान दिए ।

आफ्नो कुनै पनि रुपमा, आयुको कुनै पनि विराममा श्रीकृष्ण भगवानको रुपमा स्थापित नभएर, पूजनीय नभएर साधारण नै बनिरहे र असाधारण कार्यलाई सम्भव बनाएर मानवलाई देव बनाउने मार्ग प्रशस्त गरे । यस क्रममा एक रोचक जानकारी उनको परिवार, उनको गृहस्थ जीवनबारे पढ्न पाइन्छ । आउनुहोस्, कृष्णा जन्माष्टमीको मौकामा यसबारे जानौँ ।

कृष्णका १६ हजार १ सय ८ गोपिनी 

श्रीकृष्णको महारासलीलाबारे त सबै भक्तजनलाई थाहा छ । जब गोकुलमा उनले आफ्ना सबै गोपिनीसँग एकसाथ अनेक रूप धारण गरेर महारास रचाएका थिए । यस्तै, प्रकारको एक जानकारी उनको परिवारबारे पाइन्छ । पुराणका अनुसार श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी थिए । 

कृष्णले १६ हजार रुपमा विवाह रचाए 

यो कसरी सम्भव भयो यसबारे पुराणमा उल्लेख गरिए अनुसार एक मानसिक रोगीले अमरता पाउनका लागि १६ हजार कन्यालाई बली दिनका लागि कैद गरेका थिए । श्रीकृष्णले यी कन्यालाई कैदमुक्त गरिदिए र जब उनीहरूका परिवारका सदस्यले चरित्रको नाममा उनीहरूलाई अपनाउन अस्वीकार गरे तब कृष्णले १६ हजार रुपमा प्रकट भएर एक साथ उनीहरूसँग विवाह गरे । यी विवाहका साथै कृष्णले केही प्रेम विवाह पनि गरे ।

मैले यो जन्ममा एक पत्नी व्रतको सङ्कल्प लिइसकेको छु 

त्रेता युगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको बताइन्छ । त्यतिबेला श्रीरामले आफूले यो जन्ममा एक पत्नी व्रतको सङ्कल्प लिइसकेको तर अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरखानलाई सार्थक गरे । यसरी द्वापरमा श्रीकृष्णले १ सय ८ विवाह थप गरे ।

आफ्ना कुनै पनि श्रीमतीलाई निराश हुन दिएनन् 

अचम्मको कुरा के छ भने यति धेरै विवाह गरे पनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन् । आफ्नो लीलाले उनी त्यति नै रूप लिएर आफ्ना १६ हजार १ सय ८ रानीसँगै बसिरहे र आफ्नो पतिव्रत धर्मको पालना गरिरहे ।

१ लाख ६१ हजार ८० पुत्र

यति मात्र होइन, उनका सबै श्रीमतीले १० पुत्र र एक पुत्रीलाई जन्म दिए । यसरी उनका १ लाख ६१ हजार ८० पुत्र र १६ हजार १ सय ८ पुत्री थिए भनी शाष्त्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि