बैशाख १७, २०८१, सोमबार
               

मन्त्रिपरिषद् विस्तारको सकस : देउवा, प्रचण्ड र नेपालबीच छलफल

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीलाई सरकारलाई पूर्णता दिन सकस भएको छ ।

माधवकुमार नेपाललाई राजनीतिक मान्यता दिलाएर मन्त्रिपरिषद्मा सामेल गराउने अध्याय सकिए पनि मन्त्रीका धेरै आकांक्षी एवं मन्त्रालय बाँडफाँटका कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

आज मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरूबीच सरकारलाई पूर्णता छिटो दिनेबारे छलफल भएको थियो ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा बढी समय भए पनि पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकै कारण सरकारको कामकारवाहीप्रति आलोचनासमेत  हुने गरेको छ । दुई दिनभित्र साँझसम्म सरकारलाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू रहेका बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि