जेठ ०५, २०८१, शनिबार
               

ओलीकै कारण एमाले पार्टी घिटिक–घिटिक अवस्थामा पुग्यो : नेपाल

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी घिटिक घिटीक अवस्थामा पुगेको बताएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए ।  ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए । 

आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे । 


कस्तो लाग्यो ?

यो पनि