जेठ ०५, २०८१, शनिबार
               

नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध, यात्रुहरु बीच बाटोमा नै अलपत्र

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथअन्तर्गत धादिङ जिल्लामा पर्ने नागढुंगा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ बजे नागढुंगा नजिकै चिसोपानी धारो भन्ने स्थानको आसपासमा पहिरो गएका सडक अवरुद्ध भएको हो ।

अहिलेको स्थितिमा पनि वर्षा जारी नै रहेकाले पहिरो पन्छाउन कठिनाई भईरहेको थानकोट प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुले सास्ती पाएका छन् ।

उक्त सडक खण्ड भएर राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि