जेठ ०५, २०८१, शनिबार
               

झलनाथ खनाल सोमबार काठमाडौं फर्किंदै

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार काठमाडौं फिर्ता हुने भएका छन् । स्वास्थ्य उपचारका लागि भारतमा रहेका उनी स्वास्थ्यमा सुधार आएसँगै नेकपा एकीकृत समाजवादीका नेता फर्कन लागेको उनका निजी सचिवालयले जनाएको हो ।

कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसपछि मृगौलाको उपचार गर्न खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

खनालले उपचारकै क्रममा भदौं ९ गते पार्टी विभाजन हुँदै गर्दा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।

यसअघि उनले पार्टी एक बनाउन भारतबाट नै सन्देश दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि