बैशाख १७, २०८१, सोमबार
               

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच मन्त्रिपरिषद् बिस्तार गर्ने विषयमा छलफल छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन् । जस कारण सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना बढेपछि नेताहरु मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा छलफलमा जुटेका हुन् ।

अहिलेसम्म काँग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन् । अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद् बिस्तार गर्न लागिएको हो । यद्यपी सरकारमा को को जाने भन्ने विषयमा एकीकृत समाजवादी पार्टी भित्र विवाद छ । ३० जना सांसद रहेको सो पार्टीमा सबै आकांक्षी रहेपछि मन्त्री बन्नको नाम पठाउन अध्यक्ष नेपालले सकेका छैनन् । 

कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन । सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको  छ ।

काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुङ्गोमा पुगिसकेका छैनन् । अध्यक्ष प्रचण्डले शनिवार पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि