जेठ ०५, २०८१, शनिबार
               

आफैँसँग भएकालाई अध्यक्ष दिन माधव नेपाललाई योगेशको सुझाव

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउ भन्दै सुझाव दिएका छन् । 

नेता भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै अध्यक्ष नेपाललाई सुझाव दिएका हुन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु, आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले हिजो (शनिबार) एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए । उनले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रोश पोखेका थिए ।

साथै, अध्यक्ष नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोपसमेत लगाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि