बैशाख ३०, २०८१, आइतबार
               

एकीकृत समाजवादी स्थापित हुन्छ : नेपाल

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । 

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरूलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दावी गरेका हुन् ।

नयाँ पार्टीहरू नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोही चेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे । 

साथै आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । 

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए । -आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए ।

यो पनि