जेठ ०५, २०८१, शनिबार
               

मन्त्रिपरिषद्‌ विस्तारबारे देउवा र प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो ।

भेटमा सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल भएको बताइएको छ । अब संयुक्त गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी रहेको जनाइएको छ । माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाइसकेकाले उनीहरूलाई समेटेर मन्त्रीपरिषद् बिस्तार गर्ने गठबन्धनको तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि