जेठ ०५, २०८१, शनिबार
               

लोसपाको कार्यकारिणी समिति बैठक आज बस्दै

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ । आज दिउँसो बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले बताए ।

साथै सो बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुने उनले जानकारी दिए । आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुने उनको भनाइ छ ।

पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले निर्वाचन आयोगबाट आधिकारीकाता प्राप्त गरेपछि शनिबार दोस्रो बैठक बस्न लागेको हो ।

यो पनि