जेठ ०५, २०८१, शनिबार
               

एकीकृत समाजवादीको पत्रकार संगठन : संयोजकमा शम्भु श्रेष्ठ

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा 'समाजवादी प्रेस नेपाल' गठन भएको हो ।

पार्टीमा आवद्ध पत्रकारहरुको भेलाले आज (बिहिबार) उक्त संगठनको नामाकरण गरेको हो ।

संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा भएको भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने जनाएको छ ।

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, किशोर श्रेष्ठ लगायतको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि