बैशाख २५, २०८१, मंगलबार
               

माधव नेपाललाई भीम रावलको काउन्टर जवाफ

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । केही दिन अघिसम्म माधव कुमार नेपालको पक्षमा रहेका एमाले नेता भीम रावलले नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपालको साथ छाडेसँगै रावल उनीविरुद्ध आक्रामक बनेका छन् ।

बिहीबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले दक्षिणपन्थी भएको आरोप लगाएका थिए । नेपालको आरोपप्रति आपत्ति जनाउँदै रावलले काउन्टर जवाफ फर्काएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा रावलले कांग्रेससँग मिलेर पद लिन खोज्नेले एमालेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो भएको बताएका छन् । एमालेकै महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएर अहिले पार्टी काम नलाग्ने भन्नु आश्चर्य जनक भएको रावलको भनाइ छ ।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेकासँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’


कस्तो लाग्यो ?

यो पनि