जेठ ०५, २०८१, शनिबार
               

जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

विकास निर्माणको कामलाई परिणाममा पुर्‍याउने बताउँदै उनले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताए ।

लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलसँग मन्त्रिमण्डलमा सहभागिताका लागि छलफल गरिने मुख्यमन्त्री आचार्यले जानकारी दिए । 

उनले गणतन्त्रलाई संस्थागत गर्ने र अवस्था हेरी मन्त्रालयको आकार घटबड हुनसक्ने बताए । मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिए ।

यो पनि