जेठ ०५, २०८१, शनिबार
               

ओली भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुनुहोस् : नेपाल

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । निर्वाचन आयोगबाट नयाँ पार्टीले मान्यता पाएपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाउदै नेपालले ओली भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुन आग्रह गरे । 'दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको छ', नेपालले भने, 'दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु ।'

उनले हजारौं कार्यकर्ता र जनप्रतिनिधिको भविष्यको चिन्ताले नयाँ पार्टी खोल्न ढिलाइ गरेको समेत बताए । उनले भने, 'हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं  ।' देउवा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि भएको सहजताका कारण नयाँ दल दर्ता गरेको नेपालले बताए । 'अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्यो्', उनले भने, 'संवैधानिक अनुकूलता प्राप्त भयो । एउटा निकास पायौं । हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं ।' 

आफ्नो साथ छोडेका नेताहरूले पहिले चाँडै नयाँ पार्टी दर्ता गर्न आग्रह गर्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको समेत खुलासा गरे । 'हामीलाई साथ छोडेका साथीहरूले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी अहिले पनि आयोगमा जिउँदै छ', नेपालले भने । कम्युनिष्ट आन्दोलनमा यस्तो हुने भन्दै नेता नेपालले साथ नदिएकामा आफ्नै समूहका नेताहरूप्रति खासै गुनासो समेत नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि