बैशाख ३०, २०८१, आइतबार
               

अब गठबन्धनको सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगले पार्टीलाई मान्यता दिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए ।

'हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं । पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ', नेता नेपालले भने । नेकपा एमालेमा भएका अर्बौंका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने प्रश्नमा उनले कानुनअनुसार अगाडि बढ्ने बताए । 'कानुनमा के छ हेरौंला । दाबा गरौंला । होइन भने म निर्माण गर्न सक्छु', उनले भने, 'म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन् ।

नेता नेपालले पार्टी पदाधिकारी राष्ट्रिय सम्मेलनबाट गठन गरिने समेत जानकारी दिए ।
नेता नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने समेत बताए । 

'परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस्, कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्', उनले भने । नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको अध्यक्ष नेपालले बताए ।


कस्तो लाग्यो ?

यो पनि