जेठ ०५, २०८१, शनिबार
               

एमाले फुटेपछि राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

नेकपा एमालेबाट फुटेर एकिकृत समाजवादीकाे गठन भएपछि राष्ट्रिय राजनीति कता जाला भन्ने चासो बढेको छ । एकीकृत समाजवादीको प्रभाव एमालेमा मात्रै पर्दैन, सिंगो राष्ट्रिय राजनीतिमै पर्ने देखिन्छ । एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट बुधबार मान्यता पाएपछि राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव पर्ने चर्चा चल्न थालेकाे छ । खास गरी यी दुई दलले मान्यता पाउँदा दुई ठूला प्रभाव पर्ने देखिएको छ।

यसअघि माधव नेपाल पक्षमा खुल्दै आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, भीम आचार्यलगायतको साथ पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी गतिविधिलाई अगाडि बढाइसकेका छन् । एमाले अध्यक्ष  ओलीको तुलनामा माधवकुमार नेपालको दलको संसद सङ्ख्या निकै कम छ । यद्यपी नेपाल नेतृत्वको एकीकृत समाजवादी सत्ता गठबन्धनका अरू दलसँगको गठबन्धनमा आवद्ध रहेकाले उसको भूमिका महत्त्वपूर्ण रहनेछ । जस कारण एमालेको विवादसँगै सरकार र प्रदेश सरकार अस्थिर भए पनि प्रतिनिधि सभा भने पूर्णकालसम्म चल्ने देखिएको छ । अर्कोतर्फ नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादी केन्द्र र जसपा सँग चुनावी गठबन्धन गर्ने सम्भावना बढेको छ। 

मध्यावधिको खतरा टर्याे

एमालेको विवादसँगै सरकारकार र प्रदेश सरकार अस्थिर भए पनि प्रतिनिधि सभा भने पूर्णकालसम्म चल्ने देखिएको छ । यस कारण कोरोना महामारीकालमा मध्यावधि निर्वाचन गर्नुपर्ने बाध्यता टरेको छ । साथै प्रधानमन्त्री देउवालाई सरकार चलाउनसमेत सहज भएको छ ।

गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री देउवाले ३ साउनमा प्रतिनिधि सभामा विश्वासको मत लिँदा १६५ सांसदको समर्थन पाएका थिए । बहुमतका लागि १३८ सांसद मात्रै पर्याप्त हुने भए पनि माधवकुमार नेपाल पक्षका सांसदहरूले समर्थन फिर्ता लिँदा भने सरकार पूरा कार्यकाल नचल्न सक्थ्यो । त्यस्तो अवस्थामा महन्थ ठाकुर पक्षका सांसदहरू निर्णायक हुन्थे । अव भने माधव नेपालको दलले मान्यता पाएपछि  सरकार बलियो भएको छ । यससँगै एमालेको आन्तरिक विवाद मिलाउन नसकेपछि तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक विघटन गरेको प्रतिनिधि सभा अब पूरा कार्यकाल चल्ने सम्भावना छ। 

एमाले इतरको चुनावी गठबन्धन

एमाले अध्यक्ष ओलीको पेलानबाट आजित भएर नयाँ पार्टी बनाएको नेपाल पक्षले माओवादी केन्द्र र जसपासँग चुनावी गठबन्धन गर्ने सम्भावना बढेको छ। किनकि विगतदेखि धेरै मुद्दामा यी दलहरू सहकार्य गर्दै आएका छन् । विषेशत: एमाले अध्यक्ष ओलीविरुद्ध उनीहरु एकजुट हुँदै आएका छन् ।

आउँदो चुनावमा समेत सहकार्य गर्ने उनीहरूको योजना छ। नेपाली काँग्रेस भने आन्तरिक कारणले सबै ठाउँमा सहकार्य नगरे पनि केही क्षेत्रमा सहकार्य गर्न सक्नेछ । कतिपयले भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रसमेत एकता हुनसक्ने आँकलन गर्दै आएका छन् । तर, यो भने चुनौतीपूर्ण नै देखिन्छ ।

३ जेठ २०७५ मा एउटै कम्युनिस्ट पार्टी बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित एमाले र माओवादी केन्द्रबीच भएको एकता तीन वर्ष पनि टिकेन । नेकपा विभाजनको तीतो अनुभवले दुवै पक्षका नेताहरूलाई झस्काएको बेलामा पार्टी एकताभन्दा कार्यगत एकतातर्फ उनीहरु जानसक्ने आँकलन छ ।

यो पनि