जेठ ०६, २०८१, आइतबार
               

जेठ २ मा फर्किएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक शुरु

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको एमाले जेठ २ मा फर्किएपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा शुरु भएको बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ ।

त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि