जेठ ०६, २०८१, आइतबार
               

आचार्यले लिए मुख्यमन्त्रीको शपथ

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् । प्रदेश १ को एमाले संसदीय दलको बैठकले आजै उनलाई संसदीय नेता चुनेको थियो ।

उनी निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय नेता बनेका थिए । शपथ हुनुअघि राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेकाे प्रष्ट बहुमत छ । प्रदेश सभामा एमालेका ५२ जना सांसद छन्। 


कस्तो लाग्यो ?

यो पनि