जेठ ०६, २०८१, आइतबार
               

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । आज (बिहीबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

उक्त बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यही मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

सो बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने तामाङले बताए ।

माधवकुमार नेपालको साथ छोडेका नेताहरुसहित मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर आगामी कार्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि