बैशाख १३, २०८१, बिहीबार
               

बालकोटमा राधिकाको ह्याप्पी बर्थडे

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आज (बुधबार) आफ्नो जन्मदिन मनाएकी छिन् ।

राधिकाले आफ्नै घर (ओली निवास) बालकोटमा आफ्नो जन्मदिन मनाएकी हुन् । उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा केपी शर्मा ओली पनि सहभागी भए ।

कार्यक्रममा ओली ह्याप्पी (खुशी) मुडमा देखिएका थिए । यसैबीच, आज मात्रै नेकपा एमालेबाट विभाजित भएर गएका माधव कुमार नेपालको नेतृत्वमा (निर्वाचन आयोगमा) नेकपा एकीकृत समाजवादी दल दर्ता भएको थियो ।

दिउँसो नेकपा एमालेको पत्रकार सम्मेलन तथा पछिल्लो राजनीतिक घटनाक्रम (भेटघाट) मा धपेडी गरिरहेका ओली पत्नीको जन्मदिनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

ओलीले पत्नी राधिकालाई जन्मदिनको शुभकामना दिए ।

राधिकालाई जन्मदिनको शुभकामना दिन एमाले महासचिव ईश्वर पोखरेल पनि बालकोट पुगेका थिए । 

साथै अनेरास्ववियूको एक टोलीले पनि राधिकको जन्मदिनको कार्यक्रममा सहभागी भएको थियो ।

ओली निवासमा मानव सेवा आश्रमको आयोजनामा सामान्य तरिकाले जन्मदिन मनाइएको हो । राधिका मानव सेवा आश्रमकी संरक्षक समेत हुन् ।

ओलीलाई हरेक संघर्षमा साथ दिँदै आएकी राधिका शालिन तथा सरल स्वभावका लागि परिचित छिन् । 

यो पनि