जेठ ०६, २०८१, आइतबार
               

माधव नेपाललाई मोहनचन्द्रको साथ

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा छुट्टिएर बनेको माधव-झलनाथको पार्टी नेकपा समाजवादीलाई पुराना एमाले नेता मोहनचन्द्र अधिकारीले साथ दिने भएका छन् ।

नेपालका नेशनल मण्डेला भनेर चिनिने मोहनचन्द्रले नेकपा एमाले स्थापनाका लागि चलेको आन्दोलनको लागि १७ वर्ष जेल जीवन बिताएका थिए । त्यही आन्दोलन छिन्नभिन्न हुँदा मोहनचन्द्र अधिकारी चिन्तित छन् । अधिकारी भन्छन्– कम्युनिष्टहरु क्रान्तिकारी प्रगतिशील र अग्रगामी हुन्छन् । तर, नेपालमा ठिक त्यसको उल्टो कम्युनिष्टहरु नै प्रतिगामी बने ।

आम निर्वाचनमार्फत नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिए । तर, त्यो जनमतको भावना बुझ्न नसक्दा खड्गप्रसाद ओलीले आफ्नै दुईतिहाइको सरकार ढाले एमालेलाई एक ढिक्का हुन दिएनन् र बाध्य भएर माधवकुमार नेपालले अर्को नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न बाध्य बनाए । इतिहासले अवश्य पनि यसको मूल्यांकन गर्नेछ र प्रतिगामीहरुलाई सजाय दिनेछ । उनले भनेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि