जेठ ०६, २०८१, आइतबार
               

लोसपा दर्ताका लागि सनाखत गर्ने १४ सांसद को-को हुन् ?

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा १४ जना सांसदले सनाखत गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) मा रहेका १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले ठाकुर नेतृत्वको लोसपालाई साथ दिएका छन् । उनीहरुले बुधबार निर्वाचन आयोग पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

जसपाका तर्फबाट प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ सांसद छन् । त्यसमध्ये दुई जना निलम्बित छन् ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदा तटस्थ बसेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै मञ्जुरीनामा दिएका छन् ।

१४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी दर्ता हुने निश्चित भएको छ ।

यी हुन् सनाखत गर्ने १४ सांसद

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह ।

यो पनि