जेठ ०६, २०८१, आइतबार
               

आउन चाहनेलाई ढोका खुलै छ : रामकुमारी झाँक्री

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् ।

बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहनेहरुका लागि ढोका खुलै रहेको बताइन् ।

उनले भनिन्, ‘हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो ।’

‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ’, उनले भनिन् ।


कस्तो लाग्यो ?

यो पनि