जेठ ०६, २०८१, आइतबार
               

सानेपामा पौडेल पक्षका जिल्ला सभापतिको रिले अनसन सुरु

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बसेका छन् ।

पार्टीको आसन्न महाधिवेशनसँग सम्बन्धित विभिन्न मागसहित उनीहरु पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका हुन् ।

मुख्य रुपमा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने मागसहित उनीहरु आज (बुधबार) देखि अनसनमा बसेका हुन् । 

तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदिश्वर नरसिंह केसी र धदिङका रमेश धमला अनसनमा बसेका छन् । 

उनीहरू २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्ने तयारी रहेको केसीले बताए ।

आफ्ना माग सुनुवाइ गर्न भन्दै मंगलबार केन्द्रीय कार्यालयमा धर्ना दिँदा पनि पार्टी नेतृत्वले माग सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।


कस्तो लाग्यो ?

यो पनि