जेठ ०४, २०८१, शुक्रबार
               

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने

 नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु पनि आजको बैठकमा सहभागि हुने बताईएको छ । बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि आज स्थायी कमिटिको बैठक डाकिएको हो ।

एमालेबाट विद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गर्नु भएका नेता नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग बालकोटमा भएको छलफलपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका छन् ।

एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपालको साथ छोडेका नेताहरु संस्थापनमा फर्कन तयार देखिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि