जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनको पक्षमा ४२ मत खसेको थियो । विश्वासकाे लागि आवश्यक ४१ मत रहेकाेमा उनले ४२ मत पाएका हुन् । 

नेकपा एमालेले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठक वहिष्कार गरेका कारण प्रस्तावको विपक्षमा एक मत पनि खसेन । मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभामा घोषणा गरेर सुनाएका छन्।

प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए । एक जना भने तटस्थ रहे । मुख्यमन्त्री केसीलाई माओवादी, काँग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन  छ ।


कस्तो लाग्यो ?

यो पनि