जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै (सोमबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् ।

प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि