बैशाख १३, २०८१, बिहीबार
               

ओलीसँग बीजेपी नेता चौथाइवालेको भेट

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

बीजेपी नेता चौथाइवालेले सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोट पुगेका उनले दुई देशका सम्बन्धका विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए । ओली प्रधानमन्त्री भएकै बेला पनि चौथाइवाले काठमाडौं आएका थिए । 

आइतबार काठमाडौं आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका थिए ।

नेपालमा सरकार परिवर्तनको केही समयपछि चौथाइवालेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो पनि